गायक प्रताप दासको नयाँ गीत 'हिमाल हौ तिमी' सार्वजनिक भएको छ । मदन दुलालको शब्द रचना अनि प्रकाश नेपालीको सङ्गीत रहेको यस गीतमा मानसी किरणको सङ्गीत संयोजन रहेको छ । आकर्षण लोकेसनमा तयार गरिएको यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल अञ्जलि अधिकारीको साथमा कलाकार तथा मोडल राज खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन राज खड्काले गरेका हुन् । अँजुली इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई मधुर बस्नेतले छायाङ्कन अनि राजिव समरले कोरियोग्राफी र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियोलाई हृयाम्स इन्टरटेन्टमेन्टको युट्युब च्यानलबाट आइतबार सार्वजनिक भएको हो ।