देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र 'दि कर्मा' को अफिसियल पोस्टरका साथमा रिलिज डेट सार्वजनिक गरिएको छ । चलचित्र आगामी माघ १७ गते रिलिज हुने भएको छ । चलचित्रमा परमिता आरएल राणाको मुख्य भूमिका रहेको छ भने चलचित्र नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको बताइएको छ । सार्वजनिक पोस्टरमा परमितालाई निकै गम्भिर तर आक्रामक स्वरुपम प्रस्तुत गरिएको छ । चलचित्रमा भारतका मोडल तथा कलाकार करण बर्माको अभिनय रहेको चलचित्रमा करणका अलावा निता ढुङ्गाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, सङ्गीता नापितलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा'को कथा निर्माता जय राज राय आफैँले लेखेका हुन् । चलचित्रको पटकथा तथा संवाद सुशील पोखरेलले तयार पारेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको 'दि कर्मा'मा शारदा खड्का अर्याल सह निर्माताको रूपमा छन् । यसै गरी चलचित्रलाई रामेश्वर कार्कीले छायाङ्कन गरेका छन् । चलचित्र नेपाल रिलिजसँगै अन्य मुलुकहरूमा पनि रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।