थिएटर सिक्न लन्डनबाट नेपाल आएकी मिरुना मगरलाई उनले अभिनय गरेको नाटक मञ्चन भैनसक्दै चलचित्र लालपुर्जाबाट अफर आयो । उनले अभिनय गरेको नाटक 'कथा देश ३' हेर्न चलचित्र लालपुर्जा टिम पुगेको थियो नाटकमा उनको प्रस्तुति देखेर तत्काल उनलाई अफर गरियो । चलचित्रबाट अनपेक्षित रूपमा आएको अफर बाट उनको लन्डन फर्कने बाटो मोडियो यसमा परिवारले पनि साथ दिए । चलचित्रले औसत व्यापार गर्‍यो तर मिरुनालाई नेपाली चलचित्र क्षेत्रमा सम्भावना भएको कलाकारको नाम मिल्यो । यहीँ बाट सुरु भयो उनको चलचित्रको दौड । यति बेलासम्म आइपुग्दा उनी आफूले सोच्दै नसोचेको बाटोमा उनले केही समय बिताइसकेकी छिन् । तर नसोचेको बाटोले उनलाई खुसी दिएको छ । उनले डेब्यु गरेको 'लालपुर्जा' मा उनले आफ्नो करियरलाई गाइड गर्न सक्ने कलाकार र टिमसँग काम गरिन् । यसै गरी दोस्रो चलचित्र 'रोज', त्यसपछि पहिलो नायिका भुवन चन्दले निर्माण गरेको 'साइनो'मा काम गरिन् । यतिबेला उनी अभिनीत चौथो चलचित्र 'च च हुई' प्रदर्शनको सँघारमा छ । उनले यसमा अभिनेता आर्यन सिग्देलसँग स्क्रिन सेयर गरेकी छिन् ।

अहिलेसम्म उनका तीन चलचित्र रिलिज भैसकेका छन् तर व्यापारिक सफलता हात पार्न कुनैले सकेका छैनन् । मिरुनाको लागी भने चलचित्रले राम्रो व्यापार गर्न नसक्नुले त्यति धेरै फरक पारेको देखिँदैन । उनलाई एक पछि अर्को मेकर्सले विश्वास गरिरहेका छन् । बजारमा उनलाई अनलक्कीको ट्याग लगाउनेको पनि कमी भने छैन । ब्रिटिस आर्मी बाबुकी छोरी लन्डनको बसाइ, उनले चलचित्रको लागी त्यो सबै छोडेकी छिन् । यसमा उनको मात्र खुसी होइन बाबु आमाको पनि खुसी छ । उनको परिवार मिडियामा आउने कन्ट्रोभर्सी, उनीमाथि लाग्ने विभिन्न ट्याग लाई उनले त मनमा राख्दिनन् नै उनका परिवारले पनि नकार्न सिकिसकेका छन् । लन्डन बस्दा देखी नै कार्यक्रम संन्चालक, लगायत नेपाली चलचित्र को लन्डन प्रदर्शनको बेलामा आफू पनि सहभागी हुने भएका ले नेपाली चलचित्र प्रतिको मोह र प्रेम भने मनमा थियो । त्यो मायाले तानेर उनलाई नजिक ल्याइपुर्‍यायो । उनले चलचित्र बन्दाको दुख र एउटा टिमको दुख उनले बुझिन् । उनले आफ्नो तर्फ बाट मिहिनेत गरिरहेकी छिन् अझ उनलाई विभिन्न चरित्रमा काम गर्ने रहर छ । यस क्रममा उनी दयाहाङ राई स्टारर चलचित्रमा दयाहाङसँगै स्क्रिन सेयर गर्दै छिन् ।

यही मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ दुई बेकामे युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावको कथा हो । साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्रमा मीरुना र आर्यन को साथमा भोलाराज सापकोटा,  माओत्से गुरुङ लगायत कलाकारको मुख्य भूमिका रहेको छ भने दुई बेकामे युवकको भूमिका आर्यन र भोलाराज देखिन्छन् । जीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता अमृत घोले लामा हुन् । भने चलचित्रको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । 'च च हुई'मा सुशन प्रजापतिको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी र राजनराज सिवाकोटी रोशन थापाको सङ्गीत रहेको छ ।