यति बेला अक्षय कुमार अभिनीत चलचित्र ‘हाउसफुल ४’ को प्रदर्शन जारी रहेको छ । चलचित्र ब्लक बस्टर साबित भइरहेको छ । यस्तैमा अक्षयको अर्को हास्य चलचित्र ‘गुड न्युज’को ट्रेलर सार्वजनिक भएको छ । क्रिसमसको अवसर पारेर डिसेम्बर २७ देखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अक्षय सहित करिना कपुर, दिलजित दोसाँध र कियरा अडवानी मुख्य भूमिकामा रहेका छन् । चलचित्र बच्चा नभएका दुई दम्पतीले बच्चाका लागि विट्रो फर्टिलाइजेशन आइभिएफ टेक्नोलोजीको सहारा लिँदा भएको कन्फ्युजन नै चलचित्रको मूल कथा हो । दिलजीत-कियारा, अक्षय-करिनाको गुडन्यूजको बिच निकै ठुलो कन्फ्यूजन हुन्छन् । अस्पतालमा दुवै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करीनामा दिलजीतको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर भएको हुन्छ । चलचित्रलाई राज मेहताले निर्देशन गरेका हुन् भने हिरु जोहर, अरुना भाटिया, करण जोहर, अपूर्व मेहता र शशांक खैतान चलचित्रका निर्माता हुन् । चलचित्रलाई ज्योति कपुर, राज मेहता र रिशब शर्माले लेखेका हुन् । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै चलचित्र अर्को ब्लक बस्टर साबित हुने दाबी दर्शकले गर्न थालेका छन् ।