निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ को शुभ मुर्हत गरिएको छ । मङ्ग्लबार बिहान कार्य विनायक मन्दिर परिसरमा कलाकार, निर्माण पक्ष तथा प्राविधिकको उपस्थितिमा चलचित्रको शुभ मुर्हत सम्पन्न गरियो । मङ्ग्लबार बिहान चलचित्रकी नायिका द्वय स्वस्तिमा खड्का, सुपुष्पा भट्ट लगायतको उपस्थिति रहेको थियो । समारोहमा अभिनेत्री स्वस्तिमाले आफ्नो भूमिकालाई लिएर उत्साहित भएको बताएकी छिन् । यसका साथै सस्पेन्स-थ्रिलरमा पहिलो पटक काम गर्न लागेकाले चलचित्रको स्क्रीप्ट र आफ्नो क्यारक्टरलाई नै लिएर आफु कन्फुजनमा रहेको सुनाइन् । चलचित्र यही ५ गते बाट फ्लोरमा जाने मुर्हत समारोहमा बताइएको छ । अर्जुन कुमारको लगानीमा बन्ने चलचित्रमा चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले प्रमुख भूमिका निभाउनेछिन् भने उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिने भएको छ । यी दुईका अलावा सुपुष्पा भट्ट र नव-अभिनेता प्रतीक श्रेष्ठको पनि अभिनय रहने छ । अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रूपमा निर्माण गर्ने चलचित्रमा पहिलो शृङ्खलाका अभिनेता आमिर गौतमले मात्र स्थान पाएका छन् ।