पहिलो पल्ट खलनायकको भूमिकामा देखिन लागेका अभिनेता निखिल उप्रेतीको चलचित्र ‘रुद्र’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीमा हराएँ’ बोलको गीत मङ्गलवार युट्युब मार्फत सार्वजनिक भएको हो । उक्त गीतमा कृष्ण काफ्ले र मिना निरौलाको स्वर रहेको छ भने शब्द लोकराज अधिकारी र सुशील पंगेनी र दिनेश सुनामले सङ्गीत भरेका छन् ।


रामजी लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘रुद्र’ मार्फत अभिनेता निखिल उप्रेती पहिलो पल्ट भिलेनको अवतारमा देखिने भएका छन् । चलचित्रमा कल्पना कुमारी कटवाल र भक्तप्रसाद शर्माको लगानी रहेको छ । एक्सन प्रधान चलचित्र रुद्रमा निखिलको साथमा नव नायक विश्व शर्मा र साराको अभिनय रहेको छ । चलचित्र साउन १३ गतेबाट अल नेपाल रिलिज हुदैँ छ ।