निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ को शुभ मुर्हत गरिएको छ । मङ्ग्लबार बिहान कार्य विनायक मन्दिर परिसरमा कलाकार, निर्माण पक्ष तथा प्राविधिकको उपस्थितिमा चलचित्रको शुभ मुर्हत सम्पन्न गरियो । मङ्ग्लबार बिहान चलचित्रकी नायिका द्वय स्वस्तिमा खड्का, सुपुष्पा भट्ट लगायतको उपस्थिति रहेको थियो । चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का निकै आकर्षक र सुन्दर अवतारमा कार्य विनायक मन्दिर पुगेकी थिइन् । उनी पहेँलो रङको पहिरनमा निकै खुलेकी थिइन् । कपाल खुल्ला छोडेकी उनलाई पहेँलो पहिरन र गोल्डेन आँचलले निकै आकर्षक देखाएको थियो । हेर्नुहोस् : तस्बिरमा स्वस्तिमाको सरल र आकर्षक अवतार ।