‘कबिर सिंह’ बाट छुट्टै किसिमको चर्चा कमाएका बलिउड अभिनेता साहिद कपुरको माग बलिउडमा निकै बढेको छ । यो सँगै उनको आगामी चलचित्रको लागी दर्शकले खुबै प्रतीक्षा गरिरहेका छन् । साहिदको आगामी चलचित्र रहेको छ तेलुगू चलचित्र ‘जर्सी’को रिमेक । गौतम तिन्नानुरीले निर्देशन गर्ने यो चलचित्रमा अभिनेत्रीको रूपमा म्रुनल ठाकुर अनुबन्धित भएकी छिन् । ‘सुपर ३०’ र ‘बाटला हाउस’ जस्ता उत्कृष्ट चलचित्र दिइसकेकी म्रुनलको पहिलो पल्ट साहिदसँग जोडी बाँधिन लागेको हो । ‘जर्सी’को ओरिजिनल भर्सन हेरेपछि अझ उत्साहित भएको बताउँदै म्रुनलले चलचित्रको लागी तयारी सकिएको खुलाएकी छिन् । यसै वर्ष रिलिज भएको तेलुगू भर्जनको 'जर्सी'लाई दर्शकले निकै रुचाएका थिए ।