कुनै समय नेपाली फिल्म इन्डस्ट्रीमा एकछत्र राज गर्न सफल अभिनेत्री प्रियंका कार्की यति बेला चलचित्रलाई साइडमा राखेर आफै निर्माण तथा निर्देशनको काममा जोडतोडले लाइरहेकी छिन् । साथमा उनी एक पछि अर्को म्युजिक भिडियोमा देखिन थालेकी छिन् । सोमबार उनले निर्देशन गरेको म्युजिक भिडियो 'मेरै लाहुरेले' सार्वजनिक भएको छ । बाल गायिका आष्युका खनियाको स्वर रहेको गीतमा लेखु सहयात्रीको शब्द रहेको छ भने सङ्गीत दीपक शर्माको रहेको छ । म्युजिक भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडी फिचर्ड छ ।