जापानको टोकियोमा नोभेम्बर २४ मा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को लागी दर्जनौँ नेपाली कलाकार जापान तर्फ लागेका छन् । मङ्गलवार अभिनेता भुवन केसी, जिया केसी र अनमोल केसी जापानको लागी उडेका छन् । जापान जाँदै गर्दा भुवन र जिया भने मिडिया सामु उपस्थित भएका थिए भने नायक अनमोल भने मिडिया सामु आएनन् । भुवनका अनुसार उनको बाहिर काम कतै काम भएकाले सँगै आउन नभ्याएका हुन् । उनीहरू चलचित्र 'क्याप्टेन'लाई प्रतिनिधित्व गर्न अवार्डमा सहभागी हुन जान लागेका हुन् । नोभेम्बर २४ मा टोकियो स्थित नाकानो जिरो हलमा आयोजना हुने अवार्डको लागि तयारी लगभग सकिएको जानकारी आएको छ ।
फिल्म र सङ्गीतका ६६ विधामा वितरण गरिने अवार्डमा क्रिटिक्स अन्तर्गत सिनेमा, अभिनेता र अभिनेत्रीको विधा पनि समेटिएको छ । ५० बढी नेपाली सेलेब्रेटीको उपस्थिति रहने अवार्डको उत्कृष्ट टप ३ को मनोनयन सार्वजनिक भैसकेको छ ।