केहि बर्ष अघि तयार भएको चलचित्र ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान सन्चालन गर्ने भएको छ । सोच नै सबै समस्याको जड भएको भन्दै चलचित्रले सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियानको आयोजना गर्न लागेको हो ।
वास्तविक जीवनकथामा आधारित चलचित्र ‘सिग्नेचर’लेसोच नै सबै समस्याको जड भएको भन्दै चलचित्रले ‘सभ्य सिर्जनाको प्रस्तुति, स्कुल फाउन्डेसनको आयोजना र एएचएफको सहयोगमा हुन लागेको अभियान यही असार २४ गते, शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म, नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको छ । अर्किड केयर होमको प्रमुख सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमलाई रेड सर्कल क्रिएटिभ सोल्युसन्सले व्यवस्थापन गर्ने छ ।

ओस्कार इन्टरनेसनल कलेजका अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, सरिता गिरीको अभिनय रहेको छ भने मुख्य सहायक निर्देशक तथा कस्ट्युम डिजाइन रमेशबाबा नेपाल, छायाङकन पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको रहेको छ ।
वास्तविक जीवनको विषयवस्तुमा तयार भएको चलचित्र ‘सिग्नेचर’मा मान्छे गर्भावस्थादेखि नै हुर्कँदै बढ्दै जाँदा उसमा घरपरिवार, समाजका विभिन्न तत्वहरूले पार्ने प्रभाव र त्यसको मनोवैज्ञानिक असरका कारण उसमा पैदा हुने नकारात्मक सोच र त्यही सोच अनुसारको उसको बाँनी, व्यवहार, आचरण र क्रियाकलापले उसको व्यक्तिगत जीवन र सिंगो समाजमा पर्न जाने असरलाई देखाइएको छ ।