मङ्सिर ९ गतेबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक भएको छ । बुधवार सार्वजनिक गरिएको प्रोमोमा हास्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मा देखिएका छन् । विशाल भण्डारीले निर्देशन गरेको यस कार्यक्रममा विजेता  हुनेले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । कार्यक्रमका निर्णायकमा वरिष्ठ कलाकार सन्तोष पन्त, निर्देशक प्रदीप भट्टराई, हास्य कलाकार मनोज गजुरेल र अभिनेत्री ऋचा शर्मा रहेका छन् ।  मङ्सिर ९ गतेबाट कान्तिपुर टेलिभिजन र रेडियो अडियो च्यानलबाट सोमबार र मङ्गलवार  राति ९ बजेदेखि १० बजेसम्म प्रसारण हुनेछ । नेपालमा पहिलो पटक कमेडी सो हुन लागेको हो ।