गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता । 
मङ्सिर ९ गतेबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन’को प्रोमो सार्वजनिक भएको छ । बुधवार सार्वजनिक गरिएको प्रोमोमा हास्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मा देखिएका छन् । विशाल भण्डारीले निर्देशन गरेको यस कार्यक्रममा विजेता  हुनेले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् ।

अभिनेत्री प्रियंका कार्कीले निर्देशन गरेको म्युजिक भिडियो 'मेरै लाहुरेले' सार्वजनिक भएको छ । बाल गायिका आष्युका खनियाको स्वर रहेको गीतमा लेखु सहयात्रीको शब्द रहेको छ भने सङ्गीत दीपक शर्माको रहेको छ । म्युजिक भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडी फिचर्ड छ ।   

जापानको टोकियोमा नोभेम्बर २४ मा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को लागी दर्जनौँ नेपाली कलाकार जापान तर्फ लागेका छन् । मङ्गलवार अभिनेता भुवन केसी, जिया केसी र अनमोल केसी जापानको लागी उडेका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । फर्स्ट लुक पोस्टर सँगै चलचित्रको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको यस चलचित्र आगामी माघ २४ मा अल नेपाल प्रदर्शनमा आउने भएको छ । चलचित्रको फर्स्ट लुक पोस्टरमा मुख्य अभिनेता विपिनलाई फरक अवतारमा प्रस्तुत गरिएको छ ।

चलचित्र ‘झिंगेदाउ’को छायाङ्कन सुरु भएको छ । आँचल शर्मा र मुकुन भुसालको मुख्य भूमिका  रहेको चलचित्र खोटाङको हलेशीबाट छायाङ्कन सुरु गरिएको हो । लामो समयदेखि निर्माणमा अन्यौल देखिएको चलचित्रको पहिलो सेड्यूलको छायाङ्कन खोटाङमा हुने प्रस्तुत कर्ता एवं निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिएका छन् ।  दोस्रो सेड्यूलको छायाङ्कन भने भकुेन्डेवेसीमा बनाइएको विभिन्न सेटमा हुने निर्माणपक्षले बताएको छ ।

चलचित्र ‘सरौतो’को गीत 'यो जुनी' सार्वजनिक भएको छ । यही मङ्सिर १३ प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतमा श्रेया सोताङ र कमल खत्रीको स्वर रहेको छ भने शब्द र सङ्गीत कमल खत्रीकै रहेको छ । सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकार सुमी मोक्तान, सन्नी सिंह फिचर्ड छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

मङ्सिर २० गतेबाट देशव्यापी प्रदर्शनमा रूपमा आउन लागेको चलचित्र ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक भएको छ । टेक पौरखी राईले निर्देशन गरेको चलचित्रको ट्रेलर शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका प्रमुख अभिनेता कोसिस क्षेत्री र अभिनेत्री किरण चन्दको प्रेम, कमेडी र एक्सनलाई समेटिएको छ ।

‘ए मेरो हजुर ३’बाट निकै रुचाइएको अनमोल र सुहानाको जोडी 'ए मेरो हजुर ४'मा पनि दोहोरिने पक्का भएको छ । शनिवार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । होम प्रोडक्सनको चलचित्रमा सुहाना यसअघि नै फाइनल भइसकेकी थिइन् । 

अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । उनी र उनकी श्रीमती रेश्मा कटुवालको पहिलो सन्तानको रूपमा सोमबार बल्खु स्थित बयोद्या अस्पतालमा छोरीको जन्म भएको हो । विपिनले ५ वर्ष अगाडि रेश्मासँग विवाह गरेका थिए ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

निकेश खड्काको निर्देशनमा बन्ने चलचित्र ‘चपली हाइट ३’ को शुभ मुर्हत गरिएको छ । मङ्ग्लबार बिहान कार्य विनायक मन्दिर परिसरमा कलाकार, निर्माण पक्ष तथा प्राविधिकको उपस्थितिमा चलचित्रको शुभ मुर्हत सम्पन्न गरियो । शुभ मुर्हतमा चलचित्रकी नायिका द्वय स्वस्तिमा खड्का, सुपुष्पा भट्ट लगायतको उपस्थिति रहेको थियो ।

ऋषिराज आचार्यको निर्देशनमा बन्ने चलचित्र ‘चुरीफुरी’ को लागी कलाकार छनोट कार्य सुरु भएको छ । शुक्रवार गरिएको पहिलो चरणको कलाकार छनौट अडिसनबाट निर्माण प्रक्रिया अघि बढेको हो । अडिसनमा दुई सयभन्दा बढी नयाँ अनुहारले सहभागिता जनाएको निर्देशक आचार्यले बताएका छन् ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र 'दि कर्मा' को अफिसियल पोस्टरका साथमा रिलिज डेट सार्वजनिक गरिएको छ । चलचित्र आगामी माघ १७ गते रिलिज हुने भएको छ । चलचित्रमा परमिता आरएल राणाको मुख्य भूमिका रहेको छ भने चलचित्र नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको बताइएको छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'च च हुई' को शुक्रवार बिहान बानेश्वरको ‘वान सिनेमाज्’ मा फिल्मको विशेष सो राखिएको थियो । जहाँ पत्रकार र चलचित्र कर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेर्न अभिनेता बिराज भट्ट, सलोन बस्नेत, आमेष भण्डारी, हास्य कलाकार द्वय केदार घिमिरे, जितु नेपाल, निर्देशक दीपाश्री निरौला, निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बानियालगायत पुगेका थिए । 
जापानको टोकियोमा नोभेम्बर २४ मा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’को लागी दर्जनौँ नेपाली कलाकार जापान तर्फ लागेका छन् । शुक्रवार राती कलाकारको जम्बो टोली जापान प्रस्थान गरेको छ ।  
सुनिल गुरुङको निर्देशनमा निर्माण बनेको चलचित्र 'माछा माछा'को आइटम गीत सार्वजनिक गरिएको छ । अनुपम शर्माको सङ्गीत र स्वरमा रहेको 'म्याडम म्याडम' बोलको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ आइटम गर्लको रूपमा फिचर्ड छिन् । प्रवीण सिंहको कोरियोग्राफीमा सृष्टिसँगै अभिनेता सौगात मल्लले कम्मर मर्काएका छन् । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा