गायक ईश्वर पोखरेल र मेलिना राईको स्वर रहेको गीत ‘२४ घण्टै’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द तथा सङ्गीत र कृष्ण विकेको एरेन्ज रहेको गीतको भिडियोमा नायिका केकी अधिकारी र सुरज पौडेल फिचर्ड छन् । सार्वजनिक  म्युजिक भिडियोलाई प्रकाश दाहालले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायाङ्कन र विकाश दाहालले सम्पादन गरेका हुन् । भिडियो अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टले निर्माण गरेको हो । पछिल्लो समय नायिका केकी चलचित्र भन्दा म्युजिक भिडियोमा बढी देखिन थालेकी छिन् ।