चलचित्र अभिनयसँगै म्युजिक भिडियोमा पनि सक्रिय रहेका अभिनेता पल शाह फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। विद्या तिवारी र सुमन केसीको आवाजमा रहेको 'भिडमा पनि' बोलको गीतमा पल र स्मृति श्रेष्ठ फिचर्ड रहेका छन्। अम्बिका गुरुङको शब्द रहेको गीतमा पुरुषोत्तम सुवेदीको सङ्गीत रहेको छ। विधान कार्कीले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ। प्रेमको भावले भरिपूर्ण गीत मा प्रेमी प्रेमिकाको मनको कुरा व्यक्त गरिएको छ ।