पछिल्लो समय बलिउडमा चलचित्र र गीत रिमेक बनाउने प्रचलन एक पछि अर्को बढ्दै गएको छ । दर्शकले मन पराएको र चर्चामा आएका गीत को रिमेक गरेर दर्शकलाई त खुसी बनाउलान् तर ओरिजिनल भर्सनका कलाकार, गायक लगायतलाई त्यो कति सम्म पन पर्छ त्यो सायदै सोचिन्छ होला । पुराना बलिउड चलचित्रका सुपर हिट गीतहरूको रिमिक्स गर्ने प्रचलन बढिरहेका बेला १९९८ मा रिलिज भएको गोविन्दा तथा रविना टण्डन स्टारर 'दुल्हे राजा' सिनेमामा समाविष्ट 'अंखियो से गोली मारे' गीतको रिमिक्स रिलिज भएको छ। गीतलाई कार्तिक आर्यन, अनन्या पाण्डे, भूमि पेडनेकर स्टारर चलचित्र 'पति पत्नी और वो' मा रिमिक्स गरेर राखिएको छ। गीतको रिमिक्सलाई  दर्शकहरूले मन पराइरहेको भएता पनि अभिनेता गोविन्दालाई मन परेको छैन । एक बलिउड वेबसाइटले गोविन्दाले गीतका बारेमा स्पष्ट रूपमा नबोले पनि उनलाई गीत मन परेको भनी लेखेको छ ।