फिल्म 'ग्याङस्टर ब्लुज'को ट्रेलर सार्वजनिक भएको छ । ग्याङस्टरको कथा बोकेको फिल्मको ट्रेलर एक्शन केन्द्रमा रहेको छ । नेपालगञ्जमा छायांकन गरिएको फिल्मले तराई क्षेत्रको सेटिङ र विषयलाई उठाएको देखिन्छ । युवापुस्तामा ग्याङ बनाउने ट्रेन्ड र आपराधिक क्रियाकलाप बिच दुई युवा बिचको प्रेमलाई पनि ठाउँ दिइएको छ।
फिल्ममा आना शर्मा, आशिरमान देशराज जोशी, संयम पुरी, प्रमोद अग्रहरी, श्रृष्टी कार्की, अरुणा कार्की, रोजिशा शाही लगायतको मुख्य अभिनय रहेको छ। हेमराज बिसी निर्देशित फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।