नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनमा रमेश विजी अध्यक्षमा चुनिएका छन् । आफ्ना प्रतिद्वन्द्वी विष्णु खत्रीलाई मात्र ३९ मत अन्तरले हराउँदै विजी प्रतिष्ठानको सातौँ अध्यक्षको रूपमा चुनिएका हुन् । खत्रीको यो लगातार दोस्रो हार हो । यस अघि पनि अध्यक्षकै पदका लागि भएको चुनावमा बद्री पङ्गेनीले उनलाई पछि पारेका थिए । जम्मा १३ सय ४८ मतदाता भएकोमा ८४ दशमलव ३४ प्रतिशत अर्थात् ११ सय ३७ मत खसेको थियो । जसमा अध्यक्षका दुई प्रतिस्पर्धी विजी र खत्रीले क्रमशः ५ सय ८४ र ५ सय ४५ मत पाएका थिए । त्यस्तै तारापति पराजुलीलाई हराउँदै राजु ढकाल कोषाध्यक्ष, घनश्याम रिजाललाई हराउँदै ईश्वरी प्रसाद भुसाल सह कोषाध्यक्ष, पुरुषोत्तम थापालाई हराउँदै कृष्ण रेउले प्रशासनिक कोषाध्यक्ष भएका छन् । जीवन दाहाल प्रतिष्ठानको सचिवमा चुनिएका छन् भने सम्झना लामिछाने मगर, देवी घर्ती, तारानाथ आचार्य र रामकृष्ण बम मल्ल केन्द्रीय सदस्यमा चुनिएका छन् ।
त्यस्तै सात खुल्ला सचिवमा जीवन दाहालका साथमा, रमेशराज भट्टराई, कुलेन्द्र विक, हरि डाँगी, प्रचण्ड जिसी, वसन्त थापा र पुष्कर शर्मा निर्वाचित भएका छन् । त्यसै गरी यसअघि निर्विरोध निर्वाचित हुनेमा प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल रहेका छन् ।