ब्ल्याक आइज क्रियसनले 'स्क्रिप्ट राइटिङ कम्पिटिसन'को आयोजना गरेको छ । कम्पिटिसनका विजेतालाई पुरस्कार स्वरूप ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ दिने घोषणा समेत गरेको छ । आफ्नो आगामी मेगा प्रोजेक्ट चलचित्रको लागि नयाँ कथा खोजिरहेको आयोजकले प्रतियोगितामा 'लभ स्टोरी' विधामा आधारित रहेर स्क्रिप्ट तयार गर्नु पर्ने बताएको छ । नेपाली चलचित्रको स्क्रिप्ट बलियो नहुने गुनासो र यथार्थतालाई मनन गरी प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले बताएको छ । प्रतिस्पर्धामा सहभागी हुन चाहनेहरूले आफ्नो स्क्रिप्ट आयोजक ब्ल्याक आइज क्रियसनसँग सम्पर्क गर्न सक्ने बताइएको छ ।  स्क्रिप्ट पठाउने अन्तिम मिति २०२१ अप्रिल २१ गते रहेको छ ।