अभिनेत्री सुपुष्पा भट्ट फिचर्ड गीत ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक भएको छ । विक्रम जङ्ग शाह र मेलिना राईको स्वरमा रहेको गीतमा सुमन श्रापितको शब्द रहेको छ भने सङ्गीत जीवन परियारले दिएका छन् । गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचर्ड छन् । सञ्जित श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । गीतमा आफ्नो मायालुको रूपको वर्णन गरिएको छ । गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।