पूजा शर्मा र पल शाह को मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठले आवाज दिने भएका छन् । सनिश ले अर्जुन पोखरेलले सङ्गीत रहेको गीतमा आवाज भर्नेछन् । चलचित्र निर्माण टिमले सनिशसँग औपचारिक सम्झौता गरिसकेको छ भने यति बेला चलचित्रको छायाङ्कन ‘दि भ्वाइस अफ नेपाल’को स्टुडियोमा भइरहेको छ । अर्जुनले रियालिटी शोमा पनि फरक खालको आवाज खोजिरहेका हुन्छौँ, भ्वाइसबाट आएका सनिशाको आवाज फरक भएको र चलचित्रका लागि तयार पारेको गीतका लागि उनको आवाज फिट भएकाले उनको स्वर राख्ने निर्णय गरिएको बताएका छन् ।
सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्रको अन्तिम छायाङ्कन भइरहेको छ । साङ्गीतिक प्रेमकथामा आधारित रहने यस चलचित्रमा दिनेश डिसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय रहने छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ मा रिलिज हुनेछ ।