'काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल' हुने भएको छ । सेफ स्कुल सेफर मोबिलिटीको थिम लिएर आयोजना हुने फेस्टिभल आगामी डिसेम्बर ३०( पुस १४)मा हुन लागेको हो । फेस्टिभलमा सेफ स्कुल एण्ड सेफर मोबिलिटीको थिममा छोटा चलचित्रका प्रतिस्पर्धा, चलचित्र निर्माता र निर्देशकसँग अन्तरक्रिया र छलफल हुनेछ । योसँगै नेपाली चलचित्र क्षेत्रसँग संवेदनशील एजेन्डामा सहकार्य, सडक र सवारी सम्बन्धी पेन्टिङ, पोस्टर र फोटो प्रदर्शनी हुनेछ । सडक सुरक्षाको सम्ब न्धी जागरणका लागी सडक सुरक्षा सम्बन्धी गीत, सङ्गीत नयाँ र सृजनात्मक प्रयोगका माध्यमबाट जन चेतना र कार्यक्रमको लागी दबाब, डकुमेन्ट्रीहरूको प्रदर्शन तथा सडक सुरक्षामा सामूहिक प्रतिबद्धताको घोषणाको प्रयास गरिने आयोजकले जनाएको छ । सेफ स्कुल नेपालको आयोजना तथा न्यासनल रोड सेफ्टी एलाइयन्स र नेपाल अटोमोवाइल्स एसोसिएसनको संयोजनमा हुने सो फेस्टिभलमा फाइनल राउन्डमा पुगेका एक दर्जन फिल्महरूको अन्तिम प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।