सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो संस्करण जापानको टोकियोमा सम्पन्न भएको छ । दोस्रो संस्करणको अवार्डका लागि नेपालबाट दर्जनौँ कलाकार र पत्रकार जापान पुगेका थिए । गायक अवार्डमा गायक राजेश पायल राई पनि सहभागी भएका थिए । जसले 'दर्शन नमस्ते भाग ४' बाट आधुनिक गीत ‘मोहनी’ मार्फत पपुलर आधुनिक मेल गायकको अवार्ड हात पारेका छन् । उनले आफूले पाएको अवार्ड दर्शकलाई समर्पण गर्दै एक भिडियो सार्वजनिक गरेका छन् । केही महिना गायक राजेश पायलको घरमा आगो लागेको थियो र उनले अहिलेसम्म पाएका अवार्डहरू सबै जलेर नष्ट भएका थिए । उनले 'सूर्य इन्टरनेशनल अवार्ड' मा हात पारेको यो अवार्ड आगलागी पछिको पहिलो अवार्ड हो ।

उनले आफ्नो लागी अवार्ड नै सबै थोक नरहेको तर अवार्डले आफूलाई निकै सकारात्मक आशा र जोस प्रदान गर्ने बताएका छन् । उनले आफूले पाएका अनगिन्ती अवार्डहरू जलेर नष्ट हुँदा निकै भावुक भएका थिए । आफूले गरेको मेहनत लाई दर्शक ले मन पराएकोले आफू काम गर्न साहस अझ बढेर आएको उनले व्यक्त गरेका छन् । आफू बाँचुन्जेल नेपाली गीत सङ्गीत मा लागिरहने प्रतिबद्धता जनाएका छन् । उनले दर्शकले दिएको माया प्रति आफू निकै आभार प्रकट गरेका छन् ।