रणवीर सिंह स्टारर बलिउड चलचित्र ‘गल्ली ब्वाई’ ९२ औँ ओस्कार अवार्डको लागी छनौटमा परेको छ । वेस्ट इन्टरनेशनल फिचर फिल्मको क्याटोगरीमा भारतबाट अफिसयल रूपमा छनौट गरिएको हो । चलचित्र गत वर्ष भ्यालेन्टाइन डे को अवसर पारेर रिलिज गरिएको थियो । यस चलचित्र भारतीय बक्स अफिसमा हिट भएको थियो । २७ चलचित्रमध्ये फेडरेसन अफ इन्डिया (एफएफआई)ले 'गल्ली ब्वाई'लाई ओस्कारमा पठाएको हो । नेशनल अवार्ड विजेता निर्देशक, निर्माता, लेखक तथा साउथ अभिनेता पार्थिबनले भने यसमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले चलचित्र राम्रो होला तर गल्ली व्बाई हलिउड चलचित्र ‘८ मिल’को कपी हो भन्ने सुनेकाले फडरेसनले राम्रो चलचित्र र राम्रो कहानीलाई प्रोत्साहन गर्नु पर्नेमा लापरबाही गरेकोमा आफू असन्तुष्ट रहेको बताएका छन् । निर्देशक पार्थिबनले पनि भारतबाट ओस्कार नोमिनेसनको लागि आफ्नो फिल्म 'ओठ सेरुप्पु साइज ७' पठाएका थिए । उनले आफ्नो चलचित्र छनौटमा नपरेकोमा असन्तुष्ट नभएको भनेका छन् । उनले हलिउडको कपी फिल्मलाई ओस्कारमा पठाउँदा नराम्रो सन्देश जाने र जित हासिल गर्न नसक्ने दाबी गरेका छन् ।