शुक्रबार अर्थात् भोलिबाट प्रर्दशन हुन लागेको चलचित्र 'धनपति'का लागि बुकिङ खुलेको छ । बुकिङ खुले लगत्तै Q.F.X लगायतका हलमा अधिकांश सिट बुक भइसकेका छन् । यस अघि 'पशुपति प्रसाद'बाट आफुलाई अब्बल साबित गरिसकेको सोहि टिमको अर्को कोशेली हो 'धनपति' त्यसैले पनि दर्शक माझ चलचित्र बहुप्रतिक्षित बनेको थियो ।
खगेन्द्र लामिछानेको लेखन तथा मुख्य भूमिका रहेको 'धनपति'लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिनेछ। चलचित्रमा निर्माण रोजिना सिटौलाको रहेको छ भने सहायक निर्मातामा ओम गुरुङ, सह–निर्मातामा रजना नापित, समीर देवकोटा रहेका छन् ।