रणवीर कपुरको आगामी चलचित्र 'ब्रह्मास्त्र'को यति बेला छायाङ्कन भइरहेको छ । मनालीमा चलचित्रको छायाङ्कनको दौरानमा रणवीर दुर्घटनामा परेका छन् । सुटिङको क्रममा भएको दुर्घटनामा रणवीरलाई हातमा चोट लागेको छ । हातमा चोट लागेता पनि उनले जारी रहेको छायाङ्कन नरोकी आफ्नो सट पुरा दिएका थिए । यति बेला उनी मनालीको सुट सकेर घर फर्केका छन् । उनलाई चोट लागेको खबर बाहिरिएसँगै सामाजिक संजालमा उनका फ्यान फलोअर्सले निकै चिन्ता व्यक्त गरिरहेका छन् । धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको 'ब्रह्मास्त्र'लाई आयान मुखर्जीले निर्देशन गर्दै छन् । चलचित्र आगामी वर्ष रिलिज हुनेछ ।