बलिउड स्टार सलमान खान अभिनीत प्रतीक्षित चलचित्र 'दबंग ३' विवादमा फसेको छ । चलचित्रको शीर्ष गीत 'हुड हुड दबंग'ले हिन्दु भावनालाई ठेस पुर्‍याउने प्रयास गरेको भन्दै समितिले निर्माण टिमलाई आरोप लगाएपछि यस चलचित्र विवादमा तानिएको हो । हिन्दु जन जागृति समितिले 'दबंग ३'लाई सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनको सर्टिफिकेट नदिन समेत आग्रह गरेको छ । गीतमा ऋषिहरूले सलमानसँग आपत्तिजनक नृत्य गरेको भन्दै समितिले विरोध गरेको हो । प्रभु देवा निर्देशित यस चलचित्रमा सलमानसँगै सोनाक्षी सिन्हाको मुख्य भूमिका रहेको छ । 'दबंग ३' एक्सन र कमेडी जनरामा निर्माण भएको छ भने सलमानलाई उही पहिलेका भागमा जस्तै पुलिस अफिसर चुलबुल पाण्डेको भूमिका मा देखिनेछ ।