आगामी माघ २४ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र 'साङ्लो'को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने राजनकै शब्द र सङ्गीत रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् ।

एक्सन लभ स्टोरी जनराको 'साङ्लो'मा विराज र निकिताको अलावा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय सङ्ग्रौला लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई मानकृष्ण महर्जनले खिचेका हुन् । यसै गरी चलचित्रमा अर्जुन जिसीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व रहेको छ भने चलचित्रको कथा शिवम अधिकारीले लेखेका हुन् ।