चलचित्र ‘पोइ पर्यो काले’को अमेरिकामा राइट्स बिक्री भएको छ । सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ स्टारर चलचित्र २५ लाखमा अमेरिका राइट्स बिक्री भएको हो । अमेरिकामा ठुलो माग भएका कारण आत्रेय प्रोडक्सनका सुदीप आत्रेय र किरण घिमिरेले शुक्रवार निर्माता किरण नेपालीसँग सम्झौता गरेका हुन् । शिशिर राणाले निर्देशन गरेको चलचित्रले नेपाल मा सन्तोषजनक व्यापार गरेको थियो । तिहारको अवसर पारेर प्रदर्शनमा ल्याइएको चलचित्र सौगात, पूजा, आकाश सृष्टिसँगै सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल लगायत कलाकारको अभिनय रहेको छ ।