अर्ग्यानिक गायकको रूपमा चर्चित पुष्पन प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झुर मान्छे’ बोलको गीतमा शब्द तथा सङ्गीत सङ्गीत श्रोताको रहेको छ । शुक्रवार रिलिज भएको गीतको भिडियोलाई प्रेममान सिंह तामाङले निर्देशन गरेका छन् । भिडियोमा अर्जेश रेग्मी, अमी लामा, जेम्स शाक्य, सोनी तामाङ, आलोक जोशी र अलिशा लम्साल फिचर्ड छन् । सन्तोष लामाको छायाङ्कन गरेको भिडियोलाई सम्पादन निर्देशक तामाङले नै गरेका हुन् । गीतले सबैको जीवनमा हुने एउटा झुर मान्छेको कथा भन्छ जो आफू पनि अघि बढ्दैन अरूलाई पनि अगाडी बढ्न दिँदैन । पछिल्लो समय पुष्पनका गीतहरूलाई दर्शकले निकै मन पराएका छन् । यस गीत पनि निकै सरल र सान्दर्भिक भएकाले दर्शकले मन पराउनेमा कुनै शङ्का छैन ।