बलिउड सुपरस्टार अमिताभ बच्चनले चलचित्र क्षेत्रबाट रिटाएर्ड हुने चाहना देखाएका छन् । स्वास्थ्य अवस्थाको कारण ब्लगमार्फत चलचित्र क्षेत्रबाट टाढा हुने सङ्केत गरेका हुन् । उनले दिमागले र औँलाले एकसाथ काम गर्न सकिरहेका छन् यसको अर्थ अब आफू  रिटाएर्ड हुनुपर्ने भनि आफ्नो ब्लगमा लेखेका छन् । केही समयअघि इन्फेक्सनको कारण उनी अस्पताल भर्ना भएका थिए । केही दिन आराम गरेर फेरी भारतीय चर्चित रियालिटी सो 'कौन बनेगा करोडपति', सिजन ११ को सुटिङ थालेका थिए । 'कौन बनेगा करोडपति' बाहेक उनी फिल्म 'ब्रह्मास्त्र'को सुटिङमा पनि व्यस्त छन् । जसमा  रणवीर कपुर र आलिया भट्ट मुख्य भूमिकामा छन् । सन् १९६९ को फिल्म 'सात हिन्दुस्तानी'बाट बलिउड प्रवेश गरेका अमिताभले बलिउडमा ५० वर्ष यात्रा गरिसकेका छन् ।