‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’जस्ता चलचित्र निर्देशन गरेका निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’बाट निर्माताको रूपमा आउने भएका छन् । चलचित्रलाई उनी आफै निर्देशन गर्नेछन् । चलचित्रमा लिड अभिनेत्रीको रूपमा दीपिका प्रसाईँ अर्थात् दिवाकरकी धर्मपत्नी फाइनल भइसकेकी छिन् भने उनीसँग अभिनेता आर्यन सिग्देलले स्क्रिन सेयर गर्ने खबर बाहिरिएको थियो । तर यस चलचित्रमा दीपिकासँग अभिनेता पल शाहको जोडी बाँधिने भएको छ । योसँगै पहिलो पल्ट दीपिका र पलको जोडिले चलचित्रमा रोमान्स गर्ने छ ।
यी दुईले म्युजिक भिडियोमा भने केही पटक एकसाथ स्क्रिन सेयर गरिसकेका छन् । ‘तिमीसँगै हुने मन छ’ मा पलसँगै म्युजिक भिडियोका चर्चित मोडल निराजन प्रधान पनि अनुबन्ध भएका छन् । पल पछिल्लो समय निकै व्यस्त रहेका छन् । उनले भर्खर ‘म यस्तो गीत गाउँछु २’ को छायाङ्कन सकेका छन् भने ‘हृदय भरी’ प्रदर्शनको पखाईमा छ ।