शनिवार भृकुटीमण्डपमा पूर्व मिस नेपालहरू खानेकुरा बेच्न राखिएका स्टल अगाडी बसेर ग्राहकलाई आफ्नो स्टलको खाना खाइदिन अनुरोध गर्दै थिए । योसँगै उनीहरू महिनावारी सम्बन्धी जानकारी र यसको समस्याको बारेमा जानकारी दिइरहेका थिए । मितिनी इनिसियेटिभको आयोजनामा गरिएको महिनावारी सम्बन्धी जन चेतना र सहयोग सङ्कलन कार्यक्रममा पूर्व मिस नेपालहरू सहभागी भएका हुन् । कार्यक्रममा मिस नेपालहरूले आफ्नो महिनावारी हुँदाको भोगाइहरू दर्शकसँग सेयर गरेका छन् । खानेकुरा बिक्रीबाट उठेका रकमले महिनावारीमा चाहिने सामानहरू दुर्गम जिल्लाका लागि उपलब्ध गराउने योजना आयोजक संस्थाको रहेको छ । पूर्व मिस नेपालहरूमा माल्भिका सुब्बा, निकिता चन्डक, उषा खड्गी, जेनिशा मोक्तान, मलिना जोशी लगायत यस अभियानमा जोडिएका छन् ।