साम्राज्ञी आरएल शाह र पुष्प खड्का स्टारर चलचित्र 'मारुनी' को जापानमा सो सम्पन्न भएको छ । चलचित्रको जापानमा नोभेम्वर ३० तारिखमा शो सम्पन्न भएको थियो । चलचित्रको विशेष शोमा सहभागी हुन नेपालबाट अभिनेता पुष्प खड्का र निर्मात्री पुनम गौतम जापान पुगेका छन् । दर्शकको साथमा रहेका पुष्पले हर्षित हुँदै तस्बिर खिचाएका थिए भने निर्मात्री पुनमले दर्शकको उपस्थिति सन्तोषजनक रहेको बताएकी छिन् । चलचित्रलाई जापानमा विनोद कुमार सापकोटा र शर्मिला डङ्गोलले प्रस्तुत गरेका हुन् । दर्शकले चलचित्र हेरिसकेपछी राम्रो बनेको प्रतिकृया दिएका थिए । जापानसँगै मारुनीको अस्ट्रेलिया र भारतमा पनि सो गरिने पुनमको भनाई छ । नवल नेपाल निर्देशित यस चलचित्रमा पुष्प, साम्राज्ञीका साथमा रविका गुरुङको मुख्य भूमिका छ । नेपाल मा यस वर्षको प्रतीक्षित बलिउड चलचित्र 'साहो'को चेपुवामा परेर राम्रो व्यापार गर्न नसकेको 'मारुनी'को कथा वस्तुलाई दर्शकले मन पराएका थिए । चलचित्रमा साम्राज्ञीले ट्रान्स्जेन्डर महिलाको भूमिका निभाएकी छिन् ।