बलिउडको बक्स अफिसमा हिट चलचित्र 'गोलमाल' को पाँचौँ भाग आउने भएको छ । बलिउडमा सबैभन्दा नजिकका साथी मानिने निर्देशक रोहित सेट्टी र नायक अजय देवगण यी दुईको टिम अप हुने हल्ला बलिउड मिडियामा छाइरहेको थियो । यसैबिच उनीहरूको टिम अप हुने पक्का भएको छ । अब ‘गोलमाल ५’मा अजयलाई रोहितले एक्सन कट गर्ने छन् । चलचित्रका लागि नायिका भने फाइनल गरिएको छैन । चलचित्रमा अघिल्ला सिरिज का कलाकारहरू अर्साद वार्सी, तुषार कपुर, श्रेयस तालपडे, कुनाल खेमु, मुकेश तिवारीको मुख्य भूमिका रहनेछ ।