काठमाडौँ, असार २२ – चलचित्र ‘२ रुपैयाँ’को नयाँ गीत र्साजनिक भएको छ । ‘कुटुमा कुटु’ गीतको सफलता पछि ‘२ रुपैयाँ’को क्लब गीत सार्वजनिक भएको हो । ‘टल्क्यो जवानी’ बोलको उक्त गीतमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र निश्चल बस्नेतको साथै मिस तामाङ समेत रहेकी सुमी मोक्तानको अभिनय रहेको छ ।
गीतमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र निश्चल बस्नेतले स्वर दिएका छन् । यी दुईलाई गायिका मिना निरौलाले साथ दिएकी छिन् । रोशन थापाको सङ्गीत, एकतारे , सुरज शाही ठकुरीको शक्द रहेको गीतमा राजन ईशानले एरेन्ज गरेका हुन । भदौ २३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘२ रुपैयाँ’लाई असीम शाहले निर्देशन गरेका हुन् ।