नेपाली कमेडी गीत 'सिन्की मसेउरा' सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर तथा सङ्गीत रहेको गीतमा शब्द दुर्गा पौडेलको रहेको छ । जननी नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा  किशोर भण्डारी, थानेश्वर गौतम, कुमार न्यौपाने, रेश्मा तिमील्सिन, गरिमा तिमील्सिना, राधाकृष्ण सापकोटाको अभिनय रहेको छ । गीतको भिडियोलाई किशोर भण्डारी (डिट्ठा साब)ले निर्देशन गरेका हुन् भने सम्पादन दुर्लभ श्रेष्ठले गरेका हुन् । प्रवेश पोख्रेल ले खिचेको गीत को भिडियो निकै मनोरञ्जनात्मक रहेको छ । गीतले दाइको साली फकाउन भाउजू र दाजुलाई फकाइरहेको एक युवाको कथा बोकेको छ । जसलाई निकै कमेडी भावमा प्रस्तुत गरिएको छ ।