अर्पण थापाको निर्देशनमा बनेको हरर चलचित्र 'घर' युट्युबमा सार्वजनिक भएको छ । हलमा दर्शक तान्न नसकेको यस चलचित्रले इन्टरनेटमा मिश्रित प्रतिक्रिया पाएको छ । शुक्रवार रिलिज भएको चलचित्रलाई करिब सवा चार लाखले हेरिसकेका छन् भने दस हजार बढिले लाईक गरेका छन् । चलचित्रमा अर्पणसँगै सुरक्षा पन्त र बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । शर्मिला पाण्डे र दीपेन्द्र के. खनाल निर्माता रहेका छन् । सुरज पाण्डे प्रस्तुत कर्ता रहेको चलचित्रलाई नीरज कँडेलले खिचेका हुन् ।