‘नेपाल टच’को आयोजनामा नेपथ्यले अस्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएको छ । ‘नेपथ्य लाइभ इन सिड्नी–२०१९’ नाम दिइएको यस कार्यक्रमलाई एक्सपर्ट एजुकेसनले प्रयोजन गर्ने छ । डिसेम्बर १४ तारिख अर्थात् मङ्सिर २८ गते हुने यस कन्सर्ट विग टप लुना पार्कमा आयोजना हुनेछ । नेपाली टचले नेपाली समुदायलाई लक्षित गरी अस्ट्रेलियामै विगत १० वर्षदेखि विभिन्न सामाजिक सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दै आएको छ । यस कार्यक्रमले अस्ट्रेलियामा रहेका विद्यार्थीहरू र दर्शकहरूलाई आफ्नो देशप्रतिको माया दर्साउने विश्वास लिइएको आयोजकले बताएको छ । अस्ट्रेलियामा हुने नेपथ्यको विभिन्न कार्यक्रमको संयोजक पनि नेपाल टच रहेको छ ।