चलचित्र ‘सूर्य किरण’को फष्टलुक र नयाँ रिलिज डेट सार्वजनिक भएको छ । सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारी अभिनीत चलचित्र मङ्सिर २७ गते प्रदर्शनमा आउने भएको छ । अमिर दोङको निर्देशनमा बनेको चलचित्रमा सविन शीर्ष भूमिकामा छन् भने केकी अतिथि भूमिकामा छिन् । यी दुईका साथमा चलचित्रमा मेलिना चेपाङ, रञ्जित तामाङ, कुइसाङ रुम्बा, मञ्जु श्रेष्ठ लगायतको अभिनय रहेको छ । आमिर तामाङ चलचित्रका लोकप्रिय  कलाकार तथा निर्देशक हुन् भने उनको यो पहिलो नेपाली भाषाको चलचित्र हो । तामाङ सुपरस्टार डम्फु मिडियाको ब्यानरमा अमृत चेपाङले चलचित्रलाई निर्माण गरेका हुन् साथमा यसको कथा तथा पटकथा लेखन ऋतुराज पाख्रिनले तयार पारेका हुन् ।