कीर्तिपुरको 'सात गाउँले जात्रा'को अवसरमा गायक नवीन के भट्टराईको कन्सर्ट आयोजना हुने भएको छ । कीर्तिपुरको कला, संस्कृति, सम्पदा र सङ्गीत जगेर्नाका लागि योगदान पुर्‍याउने हेतुले स्थापित 'सय नगां लजिलजि'ले कार्यक्रमको आयोजना गरेको छ । नवीनको कन्सर्ट मङ्सिर १७ गते साँझ हुने छ भने उनीसँगै स्थानीय ब्यान्डहरू 'ज' र 'द मोरस'ले पनि प्रस्तुति दिने छन् । सोही दिन नगाउँमा हुने ‘धालचा खाकेग’ (बालकुमारी) बालकुमारी जात्रालाई मध्यनजर गरी सांस्कृतिक कार्यक्रम राखेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।