केही समय अघि मराठी अभिनेत्री सारा श्रवणले फिल्म मेकर सुभाष यादवले आफूलाई हिंसा गरेको आरोप लगाएकी थिइन् । आफ्नो अभिनयले दर्शकको मन जित्न सफल उनले श्रवणसँग गरेको फिल्म रिलिज भएपछि श्रवणले उनलाई यौन हिंसा गरेको बताएकी थिइन् । तर आफ्ना सहकर्मीलाई आरोप लगाएकी उनी आफै प्रहरीको फन्दामा परेकी छिन् । प्रहरी अधिकारीका अनुसार यो मुद्दा मिलाउन भन्दै उनले सुभाष यादवसँग १५ लाख रुपैयाँ मागेकी थिइन् । सुभाषले साराले उनीसँग राखेको प्रस्ताव र पैसा लिएको समेत भिडियो बनाएर राखेका थिए । जसलाई उनले प्रहरी सामु प्रमाणको रूपमा पेस गरे । त्यही भिडियो प्रमाणका आधारमा प्रहरीले सारालाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्ने चौथो कलाकार हुन् जसले यौन हिंसाको आडमा ठगीको धन्दा चलाउँछन् ।