यस बर्षको प्रतिक्षित चलचित्र 'धनपति'को प्रिमियर सो सम्पन्न भएको छ । बिहिबार राजधानीको कुमारी हलमा चलचित्रको प्रिमियर सो सम्पन्न गरिएको हो । दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भूमिका रहेका छन् साथै कथा पनि खगेन्द्र लामिछाने कै रहेको छ । चलचित्रमा खगेन्द्र लामिछानेका अलावा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
प्रिमियर सोमा बिभिन्न क्षेत्रका व्यक्तित्वका साथ चलचित्रको युनिट सहित पत्रकारको उल्लेखीय उपस्थिति रहेको थियो ।