चलचित्र ‘पर्खी बसे फर्की आउँछु’ को शुभ मुहूर्त गरिएको छ । राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्रको दाङ तुलसीपुरमा एक भव्य समारोहका बिच शुभ मुहूर्त गरिएको हो । शुभ मुहूर्तसँगै चलचित्रको छायाङ्कन आज बाट सुरु भएको छ । चलचित्रका मुख्य कलाकार प्रेम परियार,समीक्षा बस्नेत र देव सागरले मुहूर्त सर्ट दिएका छन् । अपाङ्ग केटीको टिन एजमा हुने रहर र जीवन सङ्घर्षको कथामा आधारित हुने चलचित्रमा रोशन कुमार थापा प्रस्तुत कर्ता रहेका छन् भने खेम राज बिक कार्यकारी निर्माता रहेका छन् । यम कान्त भण्डारी निर्माता र एकराज थापा सह निर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम परियार,समीक्षा बस्नेत र देव सागरको साथमा पदम तामाङ,सुशील गौतम,सुशील पोखरेल,दीपक थापा,शुभम गौतम,डा.लोकराज पराजुली,हेमराज बिसी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।

साथमा चलचित्रमा कविराज गहतराज,रामजी लामिछाने,राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहनेछ । ‘पर्खी बसे फर्की आउनेछु’मा वसन्त सापकोटा,एलिस कार्की,कृष्ण भारद्वाज र कर्साङ्ग लामाको सङ्गीत रहनेछ । चलचित्रलाई अरुण सुनारले छायाङ्कन गर्नेछन् । चलचित्रमा सानु कुमार महर्जनको द्वन्द्व रहेको छ । यसै चलचित्रबाट डेब्यु गर्न लागेकी समिक्षाले आफूलाई चलचित्रमा पहिले देखि नै रुचि भएको र एउटा अपाङ्ग व्यक्तिले भोग्नु परेको दुख पीडालाई देख्दा र सुन्दा उनीहरूको पीडालाई अभिनय मार्फत महसुस गर्न पाउने भएकोले यो चलचित्रमा काम गर्न लागेको बताइन् ।