नायिका ॠचा शर्मा केही वर्ष यता प्रेममा रहँदै आएको कुरा मिडियामा सार्वजनिक भइरहेका थिए । केही समय यता उनी यही वर्ष वैवाहिक सम्बन्धमा बाँधिने पनि बुझिएको थियो । वैवाहिक बन्धनमा बाँधिने हल्लालाई सत्य साबित गर्दै उनले विवाहको मिति तोकेकी छिन् । ऋचाको विवाह मिति डिसेम्बर ७ अर्थात् मङ्सिर २१ शनिवारलाई तोकिएको छ । दुई वर्ष यता प्रेममा रहेका प्रेमी दीपेक्ष्य राणासँग उनको विवाह हुँदै छ । दीपेक्ष्य क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन् । केही समय अघि पोखरामा व्याचलर्स पार्टी आयोजना गरेकी ॠचाले आज मात्रै विवाहको मिति सार्वजनिक गरेकी हुन् ।