गत वर्ष केकी विशाल भण्डारीको निर्देशनमा 'कोहलपुर एक्सप्रेस' र मिलन चाम्सको निर्देशनमा बनेको 'ह्याप्पी डेज' एकै दिन प्रदर्शनमा आएका थिए । वैशाख १४ मा रिलिज भएका यी दुई चलचित्रले राम्रो व्यापार त गर्न सकेन यसका मेकर्स बिचको सम्बन्ध नै चिसिन पुगेको हल्ला फिल्म वृत्तमा चलेको थियो । सुरुमा चलचित्र 'लिलीबिली' र 'कोहलपुर एक्सप्रेस'को रिलिज भिडन्त थियो । तर लिलीबिलीले रिलिज मिति फेरबदल गर्दा ह्याप्पी डेज जुधेको थियो । यति बेला विशालको निर्देशन र केकीको निर्माणमा रियालिटी सो 'कमेडी च्याम्पियन'को प्रसारण भइरहेको छ । यसका तीन वटा एपिसोड प्रसारण भइसक्यो । चलचित्रको भिडन्तका कारण सम्बन्ध चिसिएकी भनिएका चाम्सले उनीहरूको सम्बन्ध सुध्रिएको सङ्केत दिएका छन् । उनले शोको तारिफ गर्दै एपिसोड नै आफ्नो फेसबुकवालमा शेयर गरेका छन् । कमेडी च्याम्पियनले राम्रो प्रतिक्रिया पाइरहेको बेला चाम्सले यस कामको प्रशंसा गर्नु राम्रो सम्बन्धको सङ्केत पक्कै हो ।