पछिल्लो समय म्युजिक भिडियोमा धेरै देखिने अभिनेत्रीको नाममा नायिका केकी अधिकारी र अर्की नायिका वर्षा राउतको नाम निकै अगाडी आउँछ । चलचित्रमा दुवैले सोचे अनुरूपको सफलता हात पार्न नसके पनि उनीहरू दुबैलाई दर्शकले निकै माया गर्छन् । चलचित्रमा सोचेको सफलता हात पार्नु सायद समयको हात हुन्छ । जुन दुवै जनालाई जुरिसकेको छैन । यद्यपि केकी र वर्षाले आफ्नो जादु छर्न कुनै कसर बाँकी भने राखेका छैनन् । यी दुईलाई आक्कल झुक्कल एकसाथ देखिने गरेको छ ।  हालै मात्र अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी भएका थिए । समारोहमा राउतले ‘जुरी अवार्ड’ प्राप्त गरिन् भने अधिकारीले नृत्य प्रस्तुति दिएकी थिइन् । यी दुवै नायिका कालो रङ्गको पहिरनमा सजिएका थिए । दुवै त्यो पहिरनमा खुबै खुलेका थिए । सल्लाह गरेर एकै खालको स्वरूपमा प्रस्तुत भएका हुन् या संयोग मिलेको हो त्यो उनीहरू नै जानुन् तर दुवै एक अर्का भन्दा कम देखिएका थिएनन् ।