रियल लाइफ जोडी अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ एक पछि अर्को चलचित्रमा एक साथ काम गरिरहेका छन् । भर्खरै रिलिज भएको ‘पोइ पर्‍यो काले’ देखी प्रदर्शनमा आउनै बाँकी चलचित्र ‘मासु भात’, आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने ‘माछा माछा’ र  मधुसूदन भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘सँगसँगै’ मा यी दुईको जोडीलाई पर्दामा देख्न सकिन्छ । फेरी एक पटक यो जोडीलाई चलचित्रमा एकसाथ देख्न पाइने भएको छ । गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको चलचित्र ‘माइकल अधिकारी’ मा उनीहरू अनुबन्धित भएका छन् ।

गत वर्ष ‘रोज’ निर्माण गरेको गोपीकृष्ण मुभिजले केही दिनमा चलचित्रकोको औपचारिक निर्माण घोषणा गर्ने बताइएको छ यसलाई भारतीय निर्देशकले निर्देशन गर्ने बुझिएको छ । २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका सौगात र सृष्टिले छुट्टिएर काम गरेका छैनन् । सौगातले आफूले काम गर्ने चलचित्रमा सृष्टिलाई अभिनेत्रीमा सिफारिस गर्ने गरेको चर्चा चलचित्र वृत्तमा चलिरहेको छ । उनीहरू भने यो कुरा अस्वीकार गर्दै आइरहेका छन् । यस चलचित्रमा पनि सौगातको सिफारिसमा जोडी मिलाइएको हो या मेकर्शले आफै प्रस्ताव राखेका हुन् त्यो समयले बताउला ।