बिहिबार हेटौडामा ‘नवौ डी सिने अवार्ड’ सम्पन्न भएको छ । हेटौडाको ओम्यक्स सिनेमा हलमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । ‘छायाँछवी क्रिएशन’ ले हरेक बर्ष आयोजना गर्दै आइरहेको अवार्डमा गत बर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’ले ११ विधामा अवार्ड हात पारेको छ । यो बर्षको अवार्डमा जात्रा चलचित्रबाट विपिन कार्की सर्वोत्कृष्ट अभिनेता ठहरिदा अभिनेत्री प्रियंका कार्कीले ‘छक्का पन्जा’ चलचित्रबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचाल्न सफल भईन्।
‘तीन घुम्ती’ चलचित्रले जुरी अवार्ड प्राप्त गर्दा ‘जात्रा’ बाट निर्देशक प्रदिप भट्टराई, ‘झुम्की’ बाट मनोज आरसी र ‘पुरानो डुंगा’ बाट मेनुका प्रधानलाई क्रिटिक्स अवार्ड हात पारे।
यस्तो छ अवार्ड विजेताको लिस्ट
१.उत्कृष्ट कथा
रामबाबु गुरुङ – पुरानो डुंगा
२.उत्कृष्ट नव-नायिका
श्रृष्टी श्रेष्ठ – गाजलु
३. उत्कृष्ट नव-नायक
आर्यन अधिकारी – के म तिम्रो हैन र
४. उत्कृष्ट नव-निर्देशक
दीपाश्री निरौला – छक्का पञ्जा
५. उत्कृष्ट चरित्र अभिनेत्री
गौरी मल्ल – के म तिम्रो हैन र
६. उत्कृष्ट चरित्र अभिनेता
शिशिर राणा – बीर बिक्रम
७.उत्कृष्ट सह-अभिनेत्री
सुस्मिता केसी – म त तिम्रै हुँ
८. उत्कृष्ट सह-अभिनेता
सुशान्त कार्की – तीन घुम्ती
९.उत्कृष्ट सम्पादक
बिपिन मल्ल – छक्का पञ्जा
१०.उत्कृष्ट छायाँकार
पुरुषोत्तम प्रधान – छक्का पञ्जा
११.उत्कृष्ट अभिनेत्री
प्रियंका कार्की – छक्का पञ्जा
१२.उत्कृष्ट अभिनेता
विपिन कार्की – जात्रा
१३. उत्कृष्ट निर्देशक
हेमराज बिसी – गाजलु
१४. उत्कृष्ट चलचित्र
छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्
१५. उत्कृष्ट एनिमेशन
द फेमश
१६.उत्कृष्ट ध्वनि मिश्रण
मनोजराज भण्डारी – जात्रा
१७.उत्कृष्ट पाश्र्व संगीत
शैलेश श्रेष्ठ – गाजलु
१८.उत्कृष्ट केमियो
निश्चल बस्नेत – लप्पन छप्पन
१९ . उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल केसी – निर्भय
२०.उत्कृष्ट बाल-कलाकार
साइब्रत आचार्य – छायाँ
२१. उत्कृष्ट हाँस्यकलाकार
केदार घिमिरे – छक्का पञ्जा
२२. उत्कृष्ट खलपात्र
दीपकराज गिरी – छक्का पञ्जा
२३. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – पूर्ब पश्चिम रेल…(छक्का पञ्जा)
२४. उत्कृष्ट गीतकार
आकाश अधिकारी – पागल…(के म तिम्रो होईन र)
२५. उत्कृष्ट गायिका
मिना निरौला – ठमेल बजार – लुट २
२६. उत्कृष्ट गायक
कृष्ण काफ्ले – देखन चम्पा – छक्का पञ्जा
२७. उत्कृष्ट संगीतकार
दीपक शर्मा – देखन चम्पा…(छक्का पञ्जा)
२८. उत्कृष्ट संवाद
दीपकराज गिरी – छक्का पञ्जा
२९.उत्कृष्ट पटकथा
हेमराज बिसी – गाजलु
‘छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’ -अभिनेता सरोज खनाल र अभिनेत्री रुपा राना
पब्लिक च्वाइस अवार्ड – गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा
(ठमेल बजार)
‘छायाँछबी लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’- संगीतकार तथा गायक शम्भुजीत बासकोटा