अर्पण थापाको निर्देशनमा बनेको हरर चलचित्र 'घर' युट्युब ट्रेण्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । युट्युबमा सार्वजनिक भएको ४ दिनमै युट्युब ट्रेण्डिङको र्शिष स्थान पुग्न सफल भएको हो । हलमा दर्शक तान्न नसकेको यस चलचित्रले इन्टरनेटमा सकारात्मक प्रतिक्रिया पाएको छ । यो चलचित्रलाई हालसम्म ७ लाख ३९ लाख भन्दा बढी पटक हेरिसकेका छन् । यसै गरी १ हजार ३ भन्दा बढी आएको छ जसमा प्राय सकारात्मक प्रतिक्रिया देख्न सकिन्छ । चलचित्रमा अर्पणसँगै सुरक्षा पन्त र बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । शर्मिला पाण्डे र दीपेन्द्र के । खनाल निर्माता रहेका छन् । सुरज पाण्डे प्रस्तुत कर्ता रहेको चलचित्रलाई नीरज कँडेलले खिचेका हुन् ।